आइतबार, चैत १५, २०८२

रोनाल्डो राष्ट्रिय टिमबाट बाहिरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लेसबोर्न (एजेन्सी)- इटालियन क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पोर्चुगल राष्ट्रिय टिममा परेका छैनन् ।  उनी यसै महिनजा हुने पोल्याण्ड र स्कटल्याण्डसँगको खेलका लागि राष्ट्रिय टिममा नपरेका हुन् ।

रोनाल्डोलाई नेशन्स लिग अन्तर्गत अक्टोबर ११ मा हुने पोल्याण्डसँगको खेल तथा अक्टोबर १४ मा हुने स्कटल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि टिममा राखिएको छैन । रोनाल्डोले भविष्यमा राष्ट्रिय टिममा योगदान दिने र त्यसबाट कसैले रोक्न नसक्ने प्रशिक्षक सान्तोसले बताएका छन् । 

स्टार खेलाडी रोनाल्डोलाई गएको महिना भएको युइएफए नेशन्स लिग अन्तर्गत पनि राष्ट्रिय टिमबाट आराम दिइएको थियो । त्यो बेला पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई युभेन्टसमा समायोजन हुनका लागि समय चाहिएकाले आराम दिइएको बताएका थिए । 

यसै सिजन युभेन्ट्स पुगेका रोनाल्डोले इटालियन लिग सिरी-ए मा त्यस्तो कमव्याब गर्न सकेनन् । उनले सिरी-ए मा आफ्नो  पहिलो गोल गर्नका लागि तीन खेलको प्रतिक्ष्या गर्नु परेको थियो । रोनाल्डोले युभेन्ट्सका लागि आठ खेल खेल्दा मात्र तीन गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।