शनिबार, वैशाख २२, २०८१

महिला माननीयलाई सुबिस्ता दिन बनाइँदै स्तनपान कक्ष

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनु परेको खबर सार्वजनिक भएपछि सचिवालयको पहलमा बनाइँदै कक्ष।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– संघीय संसद् सचिवालय सिंहदरबार र संसद् भवन नयाँ बानेश्वरमा महिला सांसदलाई सुविधा दिने गरी स्तनपान कक्ष बनाइने भएको छ। संघीय संसद् सचिवालयले महिला सांसदको सहजताका लागि स्तनपान कक्ष निर्माण गर्ने भएको हो।

triton college

स–साना बच्चा भएका महिला सांसदलाई स्तनपान गराउन समस्या हुँदै आएको छ। सोही कारण सिंहदरबार र बानेश्वरमा स्तनपान कक्ष बनाउन लागिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। तातोपानी, बेडलगायतका सुविधायुक्त कक्ष बनाउन उपयुक्त कोठा छनोट गरेर तत्कालै काम थालिने उनको भनाइ छ।

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनु परेको खबर सार्वजनिक भएपछि सचिवालयले स्तनपान कक्ष निर्माणका लागि पहल थालेको हो। 

संसदमा भवन बानेश्वरको बैठक तथा संसद् सचिवालयमा हुने संसदीय समितिलगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन महिला सांसदले समस्या भोग्दै आएका छन्।

प्रकाशित: Feb 28, 2023| 17:13 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।