बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचन अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

राष्ट्रपति निर्वाचन अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्। 
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन्।

National life

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्। 

उनले संविधानको धारा १०० को उपधारा दुईबमोजिम विश्वासको मत लिन लागेका हुन्। उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ। 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचनपछि विश्वासको मत लिँदा झमेला आइपर्ने भएकाले अगाडि नै लिने तयारी बुझिएको छ। 

गत पुस १० गते नेकपा एमालेसहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। उनले नेपाली कांग्रेसहितका दलहरूबाट २६८ मत पाएका थिए। फागुन १२ गते ८ दलीय गठबन्धन बनेसँगै प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ। 

Shivam cement

प्रचण्ड नेतृत्वको सरकारलाई ८ दलका १५३ जना सांसदको साथ रहेको छ। प्रधानमन्त्रीसँग नेपाली कांग्रेस ८८, नेकपा माओवादी केन्द्र ३२, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति ४ र राष्ट्रिय जनमोर्चा एकसहित १५३ सांसदको साथ छ।

प्रकाशित: Feb 27, 2023| 17:18 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...