बिहीबार, साउन ७, २०८३

उमा कुङफु टोली युके प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्व उमा कुङफु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली युकेको अर्चोस्टर प्रस्थान गरेको छ । अक्टोबर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् । 

कमलले तीन स्पर्धा मोङकी बक्सिङ, नाइन स्टिक्स र किक बक्सिङमा सहभागिता जनाउने छन् । मुन्नीले ताइची स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मुन्नी गत सेप्टेम्बरमा जर्मनीमा सम्पन्न १२ औं विश्व मार्सल आर्ट च्याम्पियनसिपकी कांस्य विजेता हुन् । 

अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने तथा टिम व्यवस्थापकमा नेपाल उमा कुङफु संघका सदस्य अशोक केसी रहेका छन् । 

प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहने नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । टोलीलाई अध्यक्ष लामासहित संघका पूर्व अध्यक्ष उद्धव थापा मगर, उपाध्यक्ष सन्जित राई, कोषाध्यक्ष सुकमान लामालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।