बुधबार, जेठ २७, २०८३

प्रधानमन्त्री प्रचण्डसमक्ष एमाले मन्त्रीले बुझाए राजीनामा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट प्रचण्ड सरकारमा सहभागी आठ जनाले राजीनामा पत्र बुझाएका हुन्।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– सात दलीय गठबन्धनको मुख्य दल एमालेबाट पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्।

National life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट प्रचण्ड सरकारमा सहभागी आठ जनाले राजीनामा पत्र बुझाएका हुन्।

सोमबार मात्रै एमाले सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय लिएको थियो।
सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णयसँगै पार्टीबाट सहभागी मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाउने निर्णय गरेको थियो।

आइतबार जेनेभा उड्नै लाग्दा परराष्ट्रमन्त्री डा। विमला पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो। 

एमाले अध्यक्ष केपी ओलीकै पहलमा गत ११ पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड कांग्रेस गठबन्धनतिर हाम फालेपछि अध्यक्ष ओली प्रधानमन्त्रीप्रति रुष्ट हुँदै आएका थिए।

Shivam cement

एमालेबाट उपप्रधान एवं अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपक्षीमन्त्रीमा ज्वालाकुमारी साह, महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरी, परराष्ट्रमन्त्रीमा डा। विमला राई पौड्याल, स्वास्थ्यमन्त्रीमा पदम गिरी, भूमिसुधार मन्त्रीमा राजेन्द्र राई र रक्षामन्त्रीमा हरि उप्रेती प्रचण्ड नेतृत्वको सरकारमा थिए।

प्रकाशित: Feb 27, 2023| 16:15 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...