शनिबार, वैशाख १५, २०८१

बागमती प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं- बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन्।

triton college

प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरिएका हुन्।
आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो।

प्रदेशसभामा सभामुख भूवनकुमार पाठकले बैठकमा निर्णयार्थ पेस गरेका दुवै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले सभाबाट स्वीकृत गरेको थियो।

सो सभाले विधेयक स्वीकृत गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि तत्काल कार्यावन्यनमा आउने बताइएको छ। प्रदेश निजामती सेवा नभएका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो।

प्रकाशित: Feb 27, 2023| 15:10 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...