बिहीबार, कात्तिक २७, २०८२

एक वर्षपछि जेलमुक्त भए नायक पल शाह

१५ फागुन २०७८ मा तनहुँ प्रहरीको हिरासतमा पुगेका नायक शाह उच्च अदालत पोखराको आदेशपछि रिहा भएका हुन्।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– आइतबार मात्रै पोखरा उच्च अदालतबाट सफाइ पाएका नायक पल शाह एक वर्षपछि जेलमुक्त भएका छन्।

National life

सोमबार तनहुँ कारागारले शाहकी बहिनीको रोहवरमा पललाई छाडेको हो।

तनहुँ कारागार परिसरबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो। 

जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगको कसुरमा पललाई साढे दुई वर्ष कैदको फैसला गरेको थियो। 

तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका शाह छुटेका हुन्। 

Laxmi sunrise bank
kumari

नायक शाह १५ फागुन २०७८ मा तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए। जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए।

प्रकाशित: Feb 27, 2023| 13:06 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्