शनिबार, जेठ २, २०८३

सरकारबाट बाहिरिने एमाले निर्णय

च्यासलमा बसेको आकस्मिक बैठकपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– ९ पुसमा सात दलीय गठबन्धन निर्माण गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको सत्तारुढ एमाले अन्ततः सरकारबारि बाहिरिने भएको छ।

National life

सोमबार मुख्यालय च्यासलमा बसेको आकस्मिक बैठकपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष विष्णु पौडेलले बताए।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले १० पुसमा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको देखिएपछि एमाले बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए।

‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा बिनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर टिप्पणीका कारण यो सरकारमा बसिरहनु उचित हुने देखेनौं’, उनले भने।

प्रकाशित: Feb 27, 2023| 12:50 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...