आइतबार, वैशाख १३, २०८३

वसन्तपुरमा चीर ठड्याएर होली पर्वको संकेत

हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याएसँगै मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

National life
kumari

काठमाडौं– काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। चीर ठड्याइएसँगै होली पर्व सुरु भएको मानिन्छ। सोमबार रंगीबिरंगी कपडाको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याएसँगै मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्षबढाइँ गरिएको थियो। त्रेता युगदेखि चलिआएको होली चीरको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

प्रकाशित: Feb 27, 2023| 10:46 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।