आइतबार, वैशाख १३, २०८३

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई युवक पक्राउ

डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

National life
kumari

डडेल्धुरा- डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीरबहादुर वली रहेका छन्। 

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चितुवाको हड्डी सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ। बरामद हड्डी र पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ।

प्रकाशित: Feb 26, 2023| 12:56 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।