शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा शनिबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा शनिबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्।

triton college

मोटरसाइकल चालक सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीमा कार्यरत पाल्पाको तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन बस्नेतको मृत्यु भएको हो। रुपन्देहीकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३३ वर्षीय कुलबहादुर खाम्चाको क्रिमसन अस्पतालमै उपचार भइरहेको छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७९प ९२५५ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको लु४त ९३५ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।

प्रकाशित: Feb 26, 2023| 10:30 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।