आइतबार, चैत १५, २०८२

बर्सिलोनाको कमाई पाँच बर्ष यताकै अधिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बार्सिलोना (एजेनसी)- स्पेनिस क्लब बार्सिलोना बार्षिक राजस्व सार्वजनिक गर्ने महिलो क्लब बनेको छ । ला लिगा क्लब बार्सिलोनाले मंगलबार आफ्नो बार्षिक खाता प्रस्तुत गर्दै यस्तो देखिएको हो । मंगलबार प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा बार्सिलोनाले १ बिलियन डलर भन्दा बढि राजस्व उठाएको छ ।
 
२०१७-१८ को आर्थिक बर्षमा बार्सिलोनाले १.०५ बिलियन डलर कमाई गरेको छ । बार्सिलोनाले आहिले सम्मको आफ्नो पाँच बर्षको कमाइको रेकर्ड तोडेको छ । यससँगै क्लबले लगातार ८ बर्ष मकाइमा नाफा कमाएको छ । 

बार्सिलोनाले च्याम्पियनस लिग प्रसारण अधिकारी र बर्ष २०१७ को अगस्टमा ब्राजिलियन फरवार्ड नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिक्री गर्दा लिएको विश्व रेकर्ड २२२ मिलियन युरोबाट राजस्व वृद्धि भएको बताइएको थियो ।

क्लबले यस सिजनका लागि १.१०५ बिलियन डलर बजेट समेत घोषणा गरेको छ । जुन २० अक्टोबरमा हुने आमसभामा अनुमोदन गर्न आवश्यक छ । यसै बर्षको जुन सम्म यसको कर्जा १८१.३ मिलियन डरल भएको क्लबले बताएको छ । 

क्लबले भन्यो, ‘नेयमारको बिक्रि, मिडिया अधिकार, स्टेडियम प्रयोजन र खेलाडी हस्तान्तरणको माध्यमबाट राजस्व राम्रो उठेको हो ।’ क्लबले थप्यो, ‘यो पहिलो पटक हो की राजस्व १ बिलियन डलर भन्दाबढि पुग्यो । जो २०१६-१७ भन्दा एक ठुलो कदम हो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।