आइतबार, वैशाख २३, २०८१

धनुषामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, चार घाइते

धनुषामा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

triton college
corrent noodles
Metro Mart

जनकपुरधाम- धनुषामा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषका अनुसार मृत्यु हुनेमा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादव रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइलकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु हुन पुगेको बताए।

उक्त दुर्घटनामा सबैला नगरपालिका–७ का जितु ठाकुर बरही र सोही नगरपालिका–५ सुरज मण्डलको अवस्था गम्भीर छ भने सोही दुर्घटनमा घाइते भएका सबैला नगरपालिका–१० का मनोज यादव र रविन्द्र मण्डलको अवस्था भने सामान्य रुहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 26, 2023| 08:10 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।