आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती करणी आरोपमा रोल्पा र झापाबाट दुई जना पक्राउ

जबरजस्ती करणी आरोपमा रोल्पा र झापाबाट दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पा र झापामा दुईजनालाई पक्राउ गरेको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

 काठमाडौं- जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पा र झापामा दुईजनालाई पक्राउ गरेको छ।

National life

रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनछहरी गाउँपालिका–७, जेलबाङ बस्ने ४० वर्षीय धनीमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, झापामा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गौरादह नगरपालिका–५ बस्ने ३६ वर्षीय चन्द्रबहादुर चेम्जोङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

चेम्जोङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी पक्राउ गरेको हो।

kumari

प्रकाशित: Feb 26, 2023| 07:20 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।