आइतबार, वैशाख १३, २०८३

बागलुङमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

बागलुङ- बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

National life

ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नंको ट्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो।

बालकलाई ठक्कर दिने ट्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बालक भने बारीमा मल फालेर घर फर्कँदै गरेको खड्काले बताए।

प्रकाशित: Feb 25, 2023| 19:30 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।