आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्रोत नखुलेको ७ लाख ६३ हजारसहित भारतीय रुपैयाँसहित एक महिला पक्राउ

स्रोत नखुलेको ७ लाख ६३ हजारसहित भारतीय रुपैयाँसहित एक महिला पक्राउ

स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित प्रहरीले शनिबार एक भारतीय महिलालाई नियन्त्रणमा लिएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life
kumari

राजविराज- स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित प्रहरीले शनिबार एक भारतीय महिलालाई नियन्त्रणमा लिएको छ।

तिलाठी कोईलाडी गाउँपालिका-१ स्थित भन्सार कार्यालयको मूलद्वार अगाडिबाट भारत बिहारको कुनौली ग्रामपंचायत कमलपुर घर बताउने अस्मिताकुमारी साहलाई नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ। 

नेपाल र सशस्त्र प्रहरी तथा भन्सार कर्मचारीको संयुक्त जाँच टोलीले भारतबाट नेपाल प्रवेश गरेकी साहको साथबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय रुपैयाँ र ५० हजार भारतीय (८० हजार नेपाली) रुपैयाँ गरी कुल ७ लाख ६३ हजार ३ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। बरामद रकमसहित साहलाई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको छ।


प्रकाशित: Feb 25, 2023| 19:17 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।