आइतबार, वैशाख २३, २०८१

हेटौंडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न

उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो। बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

मकवानपुर- हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/९० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ। उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो। बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ। 

triton college

उपमहानगरको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आवको प्रथम चौमासिकको हालसम्ममा तीन किलोमिटर कङ्क्रिट सडक, चार कल्भर्ट, एउटा शैक्षिक पूर्वाधार, तीन गुम्बा, १० मन्दिर, एउटा तटबन्ध, १२ सामुदायिक भवन, एउटा मदरसा, चार उद्यानलगायत निर्माण भएका छन्। महानगरले आव २०७८/७९ मा जिम्मेवारी सरेर आएकामध्ये ८४ योजना सम्पन्न गरेको जनाएको छ। उपमहानगरले थप दुई स्थानको सडकमा आजदेखि स्ल्याब ढलान थालेको छ। 

आव २०७९/८० मा बजेट पुस्तिकामा समेटिएका योजनाअनुसार हेटौँडा–१ लालझाडीको वाराही धाप र भटेटोल जाने तथा हेटौँडा–१२ को केनाम टोल जाने सडक निर्माण सुरु गरेको छ। उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरकफरक सिफारिश समितिले एक सय ३२ योजनाको अनुगमन तथा मूल्याङ्कन फरफारका लागि सिफारिश गरेको छ। अन्य महाशाखाले गरेको नौ योजना अनुगमन गरी भुक्तानीका लागि सिफारिश गरेको सो महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिए।

महशाखाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपमहानगरले हेटौँडाको चौकी टोलमा नयाँ तरकारी बजार निर्माणका लागि ३३ लाख ६६ हजार र अन्य जिन्सी समान उपलब्ध गराएर हेटौँडा–१० टिसिएनमा रहेको तरकारी बजार चार महिना अगाडि स्थानान्तरणसमेत गराएको महाशाखा प्रमुख साहले बताए। 

प्रकाशित: Feb 25, 2023| 21:00 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।