बुधबार, वैशाख १२, २०८१

प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे

गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

झापा- झापाको कमल गाउँपालिका–७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। 

triton college

अस्पतालका चिकित्सक डा धर्मेन्दकुमार पण्डितका अनुसार आयुर्वेदसम्बन्धी विशेषज्ञ सेवा पु्याउने उद्देश्यले प्रादेशिकस्तरमा स्थापना भएको अस्पतालमा अहिले दैनिक ८० देखि एक सय बिरामीले सेवा लिदैं आएका छन्। उपचारका लागि आउनेमा अधिकांश हाडजोर्नी तथा नसाका बिरामी छन्। अस्पतालमा हाल चार आयुर्वेद चिकित्सक, एक स्टाफ नर्स र दुई कार्यालय सहायक कार्यरत छन्। सङ्घीय सरकारको सहयोगमा प्रदेशस्तरमा २० करोड ६३ लाखको लागतमा आयुर्वेद अस्पताल निर्माण गरिएको हो।

पचास श्ययाको उक्त अस्पतालमा दैनिक आकस्मिक सेवासहित बहिरङ्ग, शल्यक्रिया, प्रयोगशालालगायत सेवा उपलब्ध छन्। ‘पूर्वाधार पर्याप्त छ, अस्पतालमा सेवा विस्तारको आवश्यकता छ, हाल यो नहुँदा सेवाग्राही मारमा परेका छन्’, डा पण्डितले भने, ‘सेवा विस्तार गर्नसके उपचार गर्न आउनेको सङ्ख्या बढ्नेछ।’ 

दमक नगरपालिका–५ बाट उपचारका लागि आएकी ६४ वर्षीया सरिता पोख्रेलले अस्पतालबाट पर्याप्तमात्रामा सेवा पाउन नसकेको गुनासो गरे। विसं २०७८ असारमा अस्पताल निर्माण भएको हो। अस्पताल निर्माण गर्न स्थानीयले दुई बिघा एक धुर जग्गा उपलब्ध गराएका थिए।


प्रकाशित: Feb 25, 2023| 22:00 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्