काठमाडौं- तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको गर्दै तेस्रो संस्करणको इपिएल ८ मंसिर २२ गतेबाट ७ पुससम्म हुन जानकारी गराएको हो ।
१५ दिन सम्म चल्ने उ्रक्त इपिएल अघिल्लो वर्षको तुलनानमा भव्य हुने प्रवन्ध निर्देशक आमिर अख्तरले बताएका छन् । उनले यसपटक उत्कृष्ट विदेशी खेलाडीसँगै उत्कृष्ट विदेशी प्रशिक्षक ल्याउने समेत बताए ।
फ्रेन्चाइजको आधारमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमहरुमा विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ छन् ।
हरेक दिन एक खेल गराउने योजना रहेको बताउदै प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई अनुमतिका लागि आवश्यक सामग्रीहरु पठाइ सकिएको समेत आयोजकले बताएको छ ।
प्रतियोगिता हुनु अघिसम्म मान्यता पाउनेमा आयोजकले विश्वास लिएको छ । पहिलो संस्करणमा पञ्चकधन्य तेज च्याम्पियन बन्दा गतवर्ष नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स च्याम्पियन बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४