आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आगलागीमा परेका घाइतेलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

आगलागीमा परेका घाइतेलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

आगलागीमा परेर घाइते भएका हिमराजको शरीरको ८० प्रतिशत र पिरमको ३६ प्रतिशत भाग जलेको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका–८ कोसेडीका दुई युवालाई थप उपचारका काठमाडौं ल्याइएको छ। प्रधानमन्त्री कार्यालयको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो।

National life

११ फागुनमा घरमै लागेको आगोमा परेपछि सोही ठाउँका २१ वर्षीय हिमराज रोकामगर र १९ वर्षीय पिरम रोकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीलाई सुर्खेत अस्पताल रिफर गरिएको थियो।

घाइतेमध्ये हिमराजको शरीरको ८० प्रतिशत र पिरमको ३६ प्रतिशत भाग जलेको छ। सुर्खेत अस्पताललेसमेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष अपिल गरेका थिए। 

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई दृष्टिगत गर्दै पीडितलाई तत्काल अस्पताल लग्न निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा सेनाको हेलिकोप्टरमार्फत घाइतेलाई काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: Feb 25, 2023| 13:47 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।