आइतबार, साउन १०, २०८३

राष्ट्रियताको सवालमा सचेत छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा आफू सचेत रहेको बताएका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा आफू सचेत रहेको बताएका छन्।

शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँगको प्रतिक्रियामा पौडेलले आफू राष्ट्रियताको सवालमा सधैँ प्रतिवद्ध रहेको बताए।

आफ्नो जिम्मेवारीप्रति पनि सचेत रहेको उनको प्रतिक्रिया थियो। सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्त्व सबैले बुझ्नुपर्ने नेता पौडेलले बताए।

उनले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभूति र सद्भाव राखेको अनुभूति आफूले गरेको बताए।

प्रकाशित: Feb 25, 2023| 11:46 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...