शनिबार, जेठ २, २०८३

राष्ट्रपतिमा कांग्रेसबाट पौडेलको नाम अनुमोदन

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ।

National life

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो। 

यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि कांग्रेसले आफ्नो उम्मेदवारको टुंगो लगाएको हो। 

राष्ट्रपति निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ। यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ। 

पौडेलले केही बेरमै नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उम्मेदवारी दर्ता गर्ने छन्।

प्रकाशित: Feb 25, 2023| 10:12 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...