आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखको क्यान्सरको जटिल शल्यक्रिया सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखको क्यान्सरको जटिल शल्यक्रिया सफल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरिएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरिएको छ।

triton college

पर्वत जिल्लाका ५४ वर्षीय पुरुषको गत माघ २९ गते शल्यक्रिया गरिएको अस्पतालका निर्देशक प्रा.डा भरतबहादुर खत्रीले जानकारी दिए। 

प्रा. डा. खत्रीका अनुसार ती पुरूषको मुखमा रहेको ५×५ सेमीको डल्लो तेस्रो स्टेजको क्यान्सर निकालिएको थियो। 

प्लाष्टिक सर्जन डा. पियुष गिरीसहितको टिम र म्याग्जिलोफेसियल सर्जन डा.नारायण शर्मा लामिछानेसहित दन्त चिकित्सकको टोलीले १० घण्टा भन्दा बढी लगाएर शल्यक्रिया गरेको थियो। उक्त स्थानमा बिरामीकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको थियो।

बिरामी ७ फागुनमा निको भएर घर फर्किसकेको शुक्रबार निर्देशक प्रा.डा.खत्रीले जानकारी दिए।

corrent noodles
Metro Mart


प्रकाशित: Feb 25, 2023| 08:35 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।