सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महानगरका मेलमिलाप केन्द्रमा थुप्रिँदै घर बहालका उजुरी

महानगरका मेलमिलाप केन्द्रमा थुप्रिँदै घर बहालका उजुरी

मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्नेलगायत निवेदनका चाङ बढी आएका हुन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरले वडावडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधानका लागि निवदेन दिनेको माग बढेको छ। वडा–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्नेलगायत समस्या बढी आएका हुन्।

वडा सदस्य रेणु श्रेष्ठको संयोजकत्वमा गठन भएको केन्द्रमा आएका सयौं उजुरीमध्ये घर भाडासम्बन्धी विषय धेरै छन्। कोरोना महामारीका बेला डेरा छोडेर हिँड्ने अझै नफर्किएकाले कोठा खाली गर्ने निवेदन पनि उत्तिकैै रहेको संयोजक श्रेष्ठले बताइन्।

यो वडाका धेरै घरबेटीको आयआर्जनको स्रोत डेरा भाडा भएकाले पनि यस्ता निवेदन धेरै आएको हुन सक्ने उनको अनुमान छ। वडामा चार महिनाअघि केन्द्र गठन गरेर सामान्य समस्यालाई वडामै समाधान गर्न थालिएको हो।

वडामा मिलाउन नसकिएका समस्या मात्र महानगरको न्यायिक समितिमा पठाइने गरेको वडाध्यक्ष कुश ढकालले बताए। सामान्य समस्या वडामै समाधान हुन थालेपछि स्थानीय खुसी छन्। महानगरमा जान दूरी धेरै नभए पनि न्यायिक समितिमा धेरै उजुरी पर्ने गरेकाले धेरै समय लाग्ने गरेका कारण सामान्य समस्या वडामै समाधान हुँदा खुसी लागेको स्थानीय रमिला मिजारले बताइन्।

प्रकाशित: Feb 24, 2023| 14:28 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।