शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा सवारीसाधनको गतिसीमा प्रतिघन्टा ५० किमि मात्रै

उपत्यकामा सवारीसाधनको गतिसीमा प्रतिघन्टा ५० किमि मात्रै

कार्यालयले उपत्यकाका सडकको भौतिक अवस्थालाई दृष्टिगत गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि नयाँ नियम लागू गरिएको बताएको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधन बढेसँगै साँघुरिएको सडक यातायात सुरक्षित बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिघन्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी चलाउन पाइने नियम सार्वजनिक गरेको छ।

triton college

कार्यालयले सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई दृष्टिगत गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो नियम लागू गरिएको बताएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको छ। उपत्यकाभित्र चक्रपथसँगै सर्भिस ट्रयाकका लागिसमेत गतिसीमा तोकिएबमोजिम कलंकी–कोटेश्वर सडक खण्डको ट्रयाकमा प्रतिघन्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघन्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कोटेश्वर–भक्तपुर सडक खण्डमा समेत प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ। तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई ऐनमा उल्लेख भएबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

प्रकाशित: Feb 24, 2023| 14:10 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।