आइतबार, वैशाख १३, २०८३

घाँस काट्न जाँउ भन्दै जंगल लगेर श्रीमतीको हत्या

जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी उदयपुरमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

उदयपुर- जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी उदयपुरमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

National life

श्रीमती २३ वर्षीया श्रीमती युनिका पौडेल खत्रीको हत्या गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीलाई पक्राउ गरेको छ।

बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वनमा बिहीबार दिउँसो दुवै जना घाँस काट्न गएका थिए। उक्त जंगलमा युनिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाएको र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Feb 24, 2023| 12:26 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।