आइतबार, वैशाख १३, २०८३

ज्यामिरेमा ७० वर्षीय वृद्धको हत्या

धनकुटाको महालक्ष्मी- ५ ज्यामिरेमा शक्रबार एक वृद्धको विभत्स रुपमा हत्या भएको छ। हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life
kumari

धनकुटा- धनकुटाको महालक्ष्मी- ५ ज्यामिरेमा शक्रबार एक वृद्धको विभत्स रुपमा हत्या भएको छ। हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।

हत्या राति नै भएको हुन सक्ने भएपनि प्रहरीलाई बिहान मात्र जानकारी आएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए। हत्या गरिएका वृद्धको टाउको घटनास्थलबाट एक किलोमिटर टाढा रहेको उनले बताए। शरिरको अन्य भाग उनको घरैमा रहेको बताइएको छ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकोले विस्तृतमा जानकारी आउन बाँकी छ। घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्दछ। महालक्ष्मी नगरपालिका प्रमुख ध्रुव रायका अनुसार अपांगता भएका बस्नेतको घरैमा हत्या भएको हो। घटना भएको थाहा पाएपछि हामी त्यसतर्फ जाँदैछौं, उनले भने, घटनाबारे घटनास्थल पुगेर मात्र विस्तृतमा जानकारी पाउन सकिने अवस्था छ।

प्रकाशित: Feb 24, 2023| 11:49 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।