आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कञ्चनपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life
kumari

धनगढी- कञ्चनपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार २०६२ सालको भदौमा करेन्ट लागेर मृत्यु भएको घटनामा ऐडीले कर्तव्य ज्यान गरेको जिल्ला अदालतले ठहर गरेको थियो। घटना भएको दिनदेखि फरार रहेका उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 24, 2023| 09:20 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।