आइतबार, वैशाख १३, २०८३

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ। उमेर विवादपछि राजीनामा दिएका प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका हुन्।

National life

राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयले बिहीबार नै नेपाल प्रहरीलाई पठाइसकेको छ। बुधबार नै राजीनामा दिएका सिंहको राजीनामा सोही दिनदेखि नै लागू हुनेछ।

नेपाल प्रहरीका प्रवक्ता डीआजी पोषराज पोखरेलले राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयबाट आएको जानकारी दिए।

उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएका थिए।

प्रकाशित: Feb 23, 2023| 19:24 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।