बिहीबार, फागुन २८, २०८२

डीएभी स्कुलले मनायो देवनागरी दिवस

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी दिवस मनाइएको हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life
Laxmi sunrise bank
kumari

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस मनाएको छ। विभिन्न  भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ  डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी दिवस मनाइएको हो।

उक्त अवसरमा सहभागी विद्यालयहरूले संस्कृत श्लोकवाचन, नेपाली–हिन्दी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।  अन्तर विद्यालय प्रतिस्पर्धाहरूमा डीएभी अप्रतिस्पर्धी रहे पनि डीएभी आवद्ध विद्यार्थीहरूले संस्कृत, नेपाली र हिन्दी लगायत विभिन्न मातृभाषाका साहित्य, संस्कृति, कला र रीतिरिवाज झल्काउने नृत्य एवं कलाकौशलता प्रदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अङ्ग्रेजी माध्यम विद्यालय भए पनि स्थापनाकालदेखि देवनागरी भाषाहरू अध्ययन–अध्यापन भइरहेको बताए। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी डा.मंचला झाबीच शिक्षण प्रक्रियामा मातृभाषाको भूमिका विषयमा अन्तरक्रिया समेत भएको थियो।


प्रकाशित: Feb 23, 2023| 19:30 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्