बिहीबार, फागुन २८, २०८२

स्वास्थ्यमन्त्री गिरीसँग डब्लुएचओ महानिर्देशकको भेटवार्ता

मन्त्री गिरी बिरामी सुरक्षासम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्यान्ड पुगेका बेला डब्लुएचओका महानिर्देशकले भेट गरेका हुन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसबीच डब्ल्युएचओको कार्यालयमा भेट भएको छ। 

National life

मन्त्री गिरी बिरामी सुरक्षासम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्यान्ड पुगेका बेला डब्लुएचओका महानिर्देशकले भेट गरेका हुन्।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद दिए। विशेषगरी पोलियो खोप, विभिन्न प्रकोप नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानका साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा टेड्रोसप्रति आभार प्रकट गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

भेटमा गोर्खा भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका लागि मन्त्री गिरीले उनलाई धन्यवाद दिए।

मन्त्री गिरीले नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायत हाल भइरहेका गतिविधि विस्तार र आपसी सहकार्य समन्वयलगायत विषयमा आफ्नो धारणा सो अवसरमा राखे।

Laxmi sunrise bank
kumari

विश्व स्वास्थ्य संगठनले समन्वय सेन्टर निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वन गर्न मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका विषयमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।

प्रकाशित: Feb 23, 2023| 12:17 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्