आइतबार, वैशाख १३, २०८३

ठेकेदार मनोज भेटवाल पक्राउ

निर्माण व्यवसायी तथा काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life
kumari

काठमाडौं- निर्माण व्यवसायी तथा काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई आज बिहान घरबाटै पक्राउ गरिएको जानकारी दिए। उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो।

भेटवालले पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए। उनीविरुद्ध बैंकिङ कसुर लगायतका आरोप पत्र दायर गरिएको छ। खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि भेटवाल चर्चामा आएका थिए। लेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए।

महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गरेको भन्दै महानगरले डोजर लगाएर पन्छाएको थियो। 

प्रकाशित: Feb 23, 2023| 10:19 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।