बिहीबार, फागुन २८, २०८२

स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

स्विजरल्याड- बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा  भेट गरेका छन्। भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिए।

National life

विशेष गरी खोप कार्यक्रम पोलियो लयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृ शिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिएका हुन्।

भेटमा २०७२ सालको भूकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरे। 

नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणाली लगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा मन्त्री  गिरीले राखेका थिए।

विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वयनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका भकुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 23, 2023| 08:00 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्