आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि हात्तीपाइले प्रभावित १५ जिल्लामा औषधि खुवाइने

आजदेखि हात्तीपाइले प्रभावित १५ जिल्लामा औषधि खुवाइने

सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

 काठमाडौं- सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ। 

National life

प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन्।

हात्तीपाइलेविरुद्धको औषधिले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ। हात्तीपाइले हुनबाट पनि बचाउँछ। मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्दछ। दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खानु हुँदैन। 

मन्त्रालयका अनुसार औषधि नखाएमा लामखुट्टेको टोकाइबाट हुने हात्तीपाइले रोग हुनसक्छ। यो रोग लागेमा खुट्टा, पुरुषमा अण्डकोष, महिलामा स्तन सुनिने लक्षण देखिन्छ। समयमै औषधि सेवन र उपचार नभएमा यसले शारीरिक अपांगता पनि निम्त्याउँन सक्छ। यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूको सुझाव छ।

नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ। अहिले यो दर चार प्रतिशतमा झरेको छ।    

kumari

यी हुन् आजदेखि औषधि खुवाइने जिल्लाहरू : 

झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली।

प्रकाशित: Feb 23, 2023| 06:47 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।