आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ

ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ

रौतहट गरुडा नगरपालिका-९ सिसवा बस्ने २७ वर्षीय शिव शंकर कुमार यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ग्वार्कोबाट प्रहरीले पक्राउ गरेको छ। रौतहट गरुडा नगरपालिका-९ सिसवा बस्ने २७ वर्षीय शिव शंकर कुमार यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

National life

रौतहटस्थित सार्वजानिक सडकमा यादव समेतका ब्यक्तिहरुले ५२ वर्षीय छबिलाल शाहलाई २०७९ असोज २६ गते  कुटपिट गरेको र गम्भीर घाइते भएका शाहको नारायणी बयोधा शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो।

घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पठाएको प्रहरीले जनाएको छ।


प्रकाशित: Feb 22, 2023| 19:45 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।