सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको कारागारमा हाल १५५ कैदीबन्दी छन्। ११५ कैदी र ४० थुनुवा कोचाकोच गरेर राखिएको कारागारका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

फुङलिङ- जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन्।

२५ जना क्षमताको कारागारमा हाल १५५ कैदीबन्दी छन्। ११५ कैदी र ४० थुनुवा कोचाकोच गरेर राखिएको कारागारका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।

जबरजस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन्। ‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ,’ खवासले भने।

कारागारमा दरबन्दीअनुसारका कर्मचारीसमेत नभएको उनको गुनासो छ। नौ जनाको दरबन्दी रहेकामा हाल  एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र छन्।

यस्तै महिला कैदीबन्दी राख्ने ठाउँ नहुँदा पाँचथरको फिदिम कारागारमा पठाउनुपर्ने अवस्था रहेको प्रमुख खवासले बताए।

प्रकाशित: Feb 23, 2023| 05:05 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।