आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

रुपन्देही- सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीका लागि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ।

National life

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

सुरुङमार्ग पूर्वतयारीका लागि वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने उनले बताए।

आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नती गरेर मात्र राजमार्ग बन्द गर्न दिइने उनको भनाइ छ।

kumari

आयोजना प्रमुख होमबहादुर एसीका अनुसार सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल सडकमा स्तरउन्नति गर्ने सहमति भएको छ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएको हो।

सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहनेछ। अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन्। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, टंकनाथ खनाल, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीलगायत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका आयोजना निर्माण व्यवासयीका प्रतिनिधिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।

निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ। विभागले डीपीआर स्वीकृत नगरिसकेकाले अहिले पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ।

प्रकाशित: Feb 22, 2023| 22:30 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।