सोमबार, वैशाख १४, २०८३

भक्तपुर समथलीका गाई फार्म सञ्चालक बेपत्ता

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका २ रोशी स्थायी घर भएका उनी गत फागुन ६ गते बिहान समथलीकै १५ मिनेटको दूरीमा रहेको आफ्नो सालो (रमेश खड्का) को गाईगोठमा जान्छु भनेर हिँडेका थिए।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका १ समथलीस्थित गाई फार्म सञ्चालक बेपत्ता भएका छन्। कुबिर बहादुर बस्नेत नामका ती फार्म सञ्चालक ६ फागुनदेखि हराएको उनका भाइ माधब बस्नेतले जानकारी दिए।

National life

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका २ रोशी स्थायी घर भएका उनी गत फागुन ६ गते बिहान समथलीकै १५ मिनेटको दूरीमा रहेको आफ्नो सालो (रमेश खड्का) को गाईगोठमा जान्छु भनेर हिँडेका थिए। तर, बेलुकासम्म पनि घर नफर्केपछि खोजी गर्दा सालोको गाई गोठमा नै नपुगेको जानकारी भयो।

त्यसपछि परिवार र आफन्तले खोजी कार्य जारी राखेका छन्। ‘स्थानीय प्रहरीलाई खबर गरे पनि अझै अवस्था पत्ता लगाउन सकिएन,’ साला खड्काले भने। आफन्तहरुले दैनिकजसो उनी जान सक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहे पनि भेटिएका छैनन्।  उनलाई देख्नेले ९८६०३३९९५२, ९८६१८८८१०९ वा ९८४१८९३३४६ मा सम्पर्क गरिदिन वा स्थानीय प्रहरीलाई खबर गरिदिन परिवारले आग्रह गरेको छ। 


प्रकाशित: Feb 22, 2023| 17:30 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।