सोमबार, वैशाख १४, २०८३

एलपी ग्यास सिलिन्डर अनावश्यक भण्डारण नगर्न आग्रह

घरमा धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट सिलिन्डर पड्किने जोखिम बढेपछि त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारण नागरिकलाई घरमा अनावश्यक रुपमा खाना पकाउने ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ।

National life

घरमा धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट सिलिन्डर पड्किने जोखिम बढेपछि त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको हो। 

पछिल्लो समय सिलिन्डर विस्फोटका घटना बढ्न थालेपछि सर्वसाधारण पनि त्रासमा छन्। ‘घरमा ग्यास सिलिन्डर आवश्यकताभन्दा बढी स्टोरेज गरिराख्ने बानी छ। यसो गर्नु विपद्को जोखिम निम्त्याउनु हो’, प्राधिकरणले भनेको छ।

सिलिन्डर विस्फोटका घटना दैनिक बढ््दै गएपछि संसदमा समेत यसको विकल्प खोज्न सांसदबारे सरकारको ध्यानाकर्षण गराइरहेका छन्। केही दिनअघि मात्रै कांग्रेस सांसद चन्द्र भण्डारी एलपी ग्यास सिलिन्डर आगलागीमा परेका थिए।

प्रकाशित: Feb 22, 2023| 16:52 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।