शनिबार, जेठ २, २०८३

दुर्गा प्रसाईंले ओलीमाथि लगाए राजावादीको आरोप

पूर्वराजा ज्ञानेन्द्रबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने प्रसाईंको दाबी।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली निकट भएपछि केन्द्रीय सदस्यको जिम्मेवारी पाएका बीएन्डबी अस्पतालका मालिक दुर्गा प्रसाईंले आफूलाई राजावादीको आरोपमा कारबाही गरिनु अर्थहीन भएको दाबी गरेका छन्। 

National life

गत साता मात्रै पूर्वराजा ज्ञानेन्द्रसहितका शाह परिवारलाई दमक बोलाएर प्रसाईंले नागरिक बचाऔं अभियान थालेपछि एमालेले उनलाई कारबाही गरेको थियो।

बुधबार महाभियानलाई साथ दिन धनगढी पुगेका प्रसाईंले त्यहाँस्थित पार्कमोडमा आयोजित कार्यक्रममा आफूले पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने बताए। 

प्रसाईंले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने। उहाँले राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नुभएको छ। उहाँलाई कारबाही हुनुपर्ने होइन? म पनि केपी हजुरबुबालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’

प्रकाशित: Feb 22, 2023| 16:40 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...