सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन खर्च नबुझाउनेमाथि राष्ट्रपतिको क्षमादानविरुद्ध सर्वोच्चमा रिट

निर्वाचन खर्च नबुझाउनेमाथि राष्ट्रपतिको क्षमादानविरुद्ध सर्वोच्चमा रिट

निर्वाचन आयोगले कानुनअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय गरेको थियो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन खर्च नबुझाउनेलाई जरिमाना रकम माफी गरिदिने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

National life

बुधबार राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन्। सर्वोच्चले रिटको पेशी १२ फागुनमा तोकेको छ।

निर्वाचन आयोगले कानुनअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय गरेको थियो। तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ५ फागुनमा जरिमाना माफी गरिदिएकी थिइन्। 

आयोगले कानुनअनुसार असुल्नुपर्ने जरिमाना रकम मिनाहा गरेपछि नागरिक स्तरबाट त्यसको विरोध हुँदै आएको छ। 

प्रकाशित: Feb 22, 2023| 16:17 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।