आइतबार, चैत १५, २०८२

मार्सेलो राष्ट्रिय टोलीबाट बाहिर किन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
रियो (एजेनसी)-  ब्राजिलियन तथा स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर मार्सेलो राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका मार्सेलोले राष्ट्रिय टोलीमा पनि उपलब्ध नरहेको जनाइएको छ ।

ब्राजिलले अर्को साता हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबिया र अर्जेन्टिनाको सामना गर्दैछ । मार्सेलोले रियलका पछिल्ला दुई खेलमा सहभागिता जनाएनन् । उनले एटलेटिको म्याड्रिडविरुद्ध गोलरहित बराबरी र मंगलबार भएको च्याम्पियन्स लिगमा सीएसकेए मस्कोविरुद्ध १-० को हारमा विश्राम लिएका थिए ।

 उनको खुट्टाको चोटले गर्दा टोलीमा समावेश हुन नसकेको ब्राजिलियन फुटबल महासंघको वेबसाइटले जनाएको छ । ब्राजिलले अक्टोबर १२ तारिखमा साउदी अरेबियाको सामना गर्दैछ । त्यसको ४ दिन पछि अर्जेन्टिना र ब्राजिल आमनेसामने हुनेछन् । 

प्रशिक्षक टिटेले यस पटक मैत्रीपूर्ण खेलका लागि डिफेन्डर थियागो सिल्भा र विंगरद्वय डग्लस कोस्टा र विलियनलाई टोलीमा समावेश गरेका छैनन् । बार्सिलोनाका युवा विंगर माल्कम भने पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनले डेब्यु गर्ने सम्भावना छ । 

रुसमा भएको विश्वकपमा क्वाटरफाइनलमा रोकिएको टोली अहिले युवा खेलाडी समेटेर अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ । ब्राजिलले सन् २००७ यता कोपा अमेरिकाको फाइनलमा पनि स्थान बनाउन सकेको छैन । २०१९ जुनमा सुरु हुने प्रतियोगिताको आयोजना ब्राजिल आफैंले गर्दैछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।