सोमबार, वैशाख १४, २०८३

चितवन निकुञ्जमा सात महिनामै मरे १४ गैंडा

नेपालभर ७५२ वटा गैंडा रहेको सरकारी तथ्यांक छ। यीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा छन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को ९ फागुनसम्म निकुञ्ज क्षेत्रमा मात्रै १४ गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले विवरण सार्वजनिक गरेको छ।निकुञ्ज क्षेत्रमा १२ तथा वन सेरोफेरोमा गरी  दुई गैंडा मरेका हुन् ।

National life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आवमा चोरी सिकारीले तीन गैंडा मरेका छन्। यीमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैंडा मारेको उनले बताए।

निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गंैंडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर ७५२ गैंडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा छन्।

चोरी सिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ। यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ।

गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैंडा मरेको तिवारीले जानकारी दिए। गत आवमा चोरी–सिकारीबाट दुई गंैंडा मरेका थिए।

kumari

प्रकाशित: Feb 22, 2023| 13:14 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।