आइतबार, चैत १५, २०८२

च्याम्पियन्स लिग : नेयमारले ह्याट्रिक, मेस्सी दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएका ८ खेलमा जितको अपेक्षा गरिएका ठूला टोलीमध्ये कसैले पनि स्तब्ध बन्नु परेन । समूह ‘सी’ को खेलमा ब्राजिलियन सुपरस्टार नेयमारले ह्याट्रिक गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्यो । पीएसजीको जितमा नेयमारले २ गोल सिधै फ्रिकिकमा गरेका थिए । अन्य गोल किलियन एमबाप्पे, एडिन्सन कभानी र एन्जल डी मारियाको नाममा रहयो ।

त्यसै समूहको अर्को खेलमा नेपोलीले लिभरपुललाई १-० ले हरायो । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए । यस समूहमा नेपोलीको ४ अंक छ भने पीएसजी र लिभरपुलको ३-३ अंक रहेको छ । बेलग्रेड १ अंक जोड्दै अंक तालिकाको पुछारमा छ ।

समूह ‘बी’ को खेलमा बार्सिलोनाले टोटेनहम हट्सपरलाई ४-२ ले पराजित गर्यो । बार्साको जितमा कप्तान लिओनेल मेसीले प्रभावशाली प्रदर्शन गरे । उनले दुई गोल गर्नुका साथै अन्य गोलमा पनि महत्त्वपूर्ण भूमिका खेले । बार्सिलोनाका लागि फिलिपे कोउटिन्हो र इभान राकीटिचले गोल गरेका थिए । स्पर्सका लागि ह्यारी केन र एरिक लामेलाले गोल गरे ।

समूहको अर्को खेलमा इन्टर मिलानले पीएसभीको मैदानमा २-१ को जित दर्ता गर्यो । पाब्लो रोसारियोको गोलमा घरेलु टोलीले अग्रता लिएपनि इन्टरले पहिलो हाफको अन्त्यमा बराबरी गोल फर्कायो । राड्जा नाइनगोलानले ४४ औं मिनेट र माउरो इकार्डीले ६० औं मिनेटमा गोल गर्दै इन्टरलाई जित दिलाए । समूहमा बार्सिलोना र इन्टरको ६(६ अंक छ भने स्पर्स र पीएसभी अंकविहिन छन् ।

समूह ‘ए’ मा एटलेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३-१ ले पराजित गर्यो । एटलेटिकोको जितमा एन्टोइन ग्रिज्मनले २ तथा कोकेले १ गोल गरे । अर्को खेलमा बोरुसिया डर्टमुन्डले एएस मोनाकोलाई ३-० ले हरायो । बोरुसियाको जितमा जेकाब लार्सन, पाको अल्कासेर र मारको रिउसले १-१ गोल गरे । सुरुआती दुई खेल जितका बोरुसिया र एटलेटिको ६-६ अंकसहित शीर्ष दुई स्थानमा छन् ।

समूह ‘डी’ मा साल्काले लोकोमोटिभ मस्कोलाई १-० ले पराजित गर्यो । ८८ औं मिनेटमा वेस्टन मकेनीले गरको गोल निर्णायक सावित भयो । अर्को खेलमा पोर्टोले गालाटासरेलाई १-० ले नै हरायो । दोस्रो हाफको सुरुआतमा मौसा मरेगाले पोर्टोको लागि विजयी गोल गरेका हुन् । पोर्टो र सल्का ४-४ अंकसहित शीर्ष स्थानमा छन् भने गालाटासरेको ३ अंक छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।