शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै देउवा निवास पुगे लोसपा नेताहरु

महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै देउवा निवास पुगे लोसपा नेताहरु

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोसपा नेताहरुबीच छलफल भइरहेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– आगामी २५ फागुनमा तय गरिएको  राष्ट्रपति निर्वाचनमा आ–आफ्ना पार्टीबाट उम्मेदवार तय गर्न राजनीतिक दलबीच सघन छलफल भइरहेका छन्। सत्तारुढ एमाले, कांग्रेस, नेकपा एसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि राष्ट्रपति निर्वाचनमा सहभागी हुन दौडधुप गरिरहेको छ।

National life

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोसपा नेताहरुबीच छलफल भइरहेको छ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ। ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरिएको लोसपा नेता शरतचन्द भण्डारीले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिने हुँदा २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन आयोगले १३ फागुनमा मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गरेको छ।

प्रकाशित: Feb 22, 2023| 10:45 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...