शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

राष्ट्रपतिबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

१३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति चुनावको रणनीति बनाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ।

National life

राप्रपाले त्यसको अघिल्लो दिन १२ गते रणनीतिक छलफल गर्न लागेको हो। सोही बैठकले राष्ट्रपतिको समीकरणबारे निर्णय हुनेछ।

राप्रपाले राष्ट्रपतिको चुनावमा सत्ता गठबन्धन छोड्ने संकेत गरिसकेको छैन तर एमाले अध्यक्ष केपी ओलीले लिने लाइनसँग राप्रपाले साथ दिने संकेत गरेको छ। माओवादी केन्द्रले अहिलेको गठबन्धन छोडेर कांग्रेसको उम्मेदवारलाई समर्थन गरे राप्रपाले एमालेलाई साथ दिने सम्भावना छ।

राष्ट्रपति कांग्रेसको निर्वाचित भए पनि अहिलेकै सत्ता गठबन्धन कायम राख्नुपर्ने राप्रपाका नेताहरूको भनाइ छ।

प्रकाशित: Feb 22, 2023| 10:37 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...