सोमबार, वैशाख १४, २०८३

युवती बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३९ वर्षीय टोपली सार्की र सोही ठाउँका ५२ वर्षीय बिमुसा सार्की रहेका छन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

दाङ- जागिरको प्रलोभन देखाएर भारतमा नेपाली युवती बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३९ वर्षीय  टोपली सार्की र सोही ठाउँका ५२ वर्षीय बिमुसा सार्की रहेका छन्। 

सार्कीद्वयले पीडित युवतीलाई दुईसाता अघि भारतको चण्डिगढ वेश्यालयमा पुर्‍याएको भन्दै पीडितकी आमाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बिरबहादुर वलीका अनुसार पक्राउ परेका दुबैजनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।  

प्रकाशित: Feb 21, 2023| 21:51 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।