शनिबार, जेठ २, २०८३

कोटेश्‍वरमा माधव नेपाल र देउवाबीच भेटवार्ता

राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि देउवा कोटेश्वरस्थित नेपाल निवास पुगेका छन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि देउवा कोटेश्वरस्थित नेपाल निवास पुगेका छन्।

National life

पछिल्लो समय राष्ट्रपतिमा नेकपा एमालेको प्रस्तावमा माधवकुमार नेपालको नाम चर्चामा आएपछि देउवा र उनीबीच यो पहिलो भेट हो। राष्ट्रपतिमा आफूलाई सहयोग गर्न र नेपाली कांग्रेसको समेत समर्थन जुटाइदिन नेपालले सोमबार नै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अनुरोध गरेका थिए। 

तर, प्रचण्डले यसअघि भएको सहमतिअनुसार राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने संकेत देखाएका छन्। राष्ट्रपतिका लागि आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग जुटाउनका लागि देउवा नेपाल निवास पुगेका हुन्।


प्रकाशित: Feb 21, 2023| 21:24 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...