बिहीबार, फागुन २८, २०८२

सबै रोगको उपचार हुने भएपछि अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्यो

केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- अर्घाखाँची जिल्ला सदरमुकामस्थित अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन्।

National life

दैनिक एक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा अहिले बढेर दैनिक तीन सयभन्दा बढी पुगेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताए। बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेका छन्। ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन्। अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे सङ्ख्या पनि बढेको छ।

केही समयपहिलादेखि बन्द रहेको सस्एस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भएको छ। अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा सुरु भएको हो।

जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ। शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन्। दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीको भनाइ थियो।

अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ। थाइराइड, फङ्गसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन्।

Laxmi sunrise bank
kumari

दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ। अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ। सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले जानकारी दिए। अहिलेको सङ्ख्याभन्दा पनि बिरामीको चाप बढ्न सक्नेछ। गर्मी याम सुरु भएकाले बिरामीको चाप थप बढ्न सक्ने अनुमान चिकित्सक तिवारीको थियो।

प्रकाशित: Feb 22, 2023| 05:45 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्