सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विकास पूर्वाधारमा अघि बढ्दै जुम्ला, पातारासीमा ३६ किलोमिटर सडक निर्माण

विकास पूर्वाधारमा अघि बढ्दै जुम्ला, पातारासीमा ३६ किलोमिटर सडक निर्माण

गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life
kumari

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ। गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो। यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो।

सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन्। यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन्।  ती योजनामा नौ करोड १८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: Feb 21, 2023| 20:50 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।